जनताको करमा फुर्मास
विगतमा गणतन्त्र ल्याउन अहोरात्र खटिएकाले पनि होला, सामन्ती सरकारको चरम
यातनाले पनि होला, हिजोआज हाम्रा उच्चपदस्थ नेताहरू प्राय: बिरामी परिरहनु हुन्छ।
र त्यस्ता जटिल रोगहरूको उपचार आफ्नै देशमा गर्न नपाएको हीनताबोध लिएरै उहाँहरू
विदेशतिर जानुपर्ने अवस्था आएकामा हामी नेपाली चिकित्सक समुदाय क्षमाप्रार्थी छौँ।
यस्तै विशेष उपचार गर्न महामहिम पूर्व राष्ट्रपति डा. रामवरण यादव केही दिनमा
संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ। डा. यादवको व्यक्तित्व...