कुलमान २ : दुईसय मेगावाट
म कुलमानजीको ठूलो प्रशंसक हुँ र विगत केही महिनादेखि उहाँले गर्नुभएको
कामबारे लेख्ने विचारमा थिएँ। कसरी उहाँले गर्दा नेपाल (त्यसमाथि पनि
काठमाण्डौँ)बाट लोडसेडिङको अन्त्य भयो भनेर। पोहोर लक्ष्मीपूजाको बेला २४सै घण्टा
बिजुली आएको देखेर तत्कालै ‘कसरी संभव भयो’ भन्ने आसयका प्रश्न र बहसमा सामाजिक
सञ्जालमा लागेँ पनि। कुलमानजीभन्दा अगाडिका प्रमुख र नेताहरूको बदमासी थियो अनि
कुलमानजीको प्रयत्न र सरकारको सहयोगले नै यो कायापलट भएको हो...