Sunday, April 15, 2018

विद्यालय भर्ना

11:52 PM 0
विद्यालय भर्ना
‘तान्, तान्। जोर लगा के हैँऽ साऽऽ‘। 'स्साला बंगाली! तैँ तान् न जोडले। सक्किनै लाग्यो’। ‘चिनीको बोरा हो, यार। तान् न तान्’, बोराको गुणस्तर बताउँदै मलाई अझ बल लगाउन हौस्यायो। ‘पसिनाले कट्टु भिजिसक्यो। तँ बरु अलिक जोडले तान् न’। वर्ण सरको पिठ्युँपछाडि हामी हाम्रै उद्दममा ब्यस्त थियौँ। ‘आयो। हुर्ऽऽराऽ!’ उताबाट हारेर छोडिदिए जस्तो लाग्यो। जे होस्, हामी दुवैजना आफ्नै बलले उत्तानो पर्‍यौँ, बोरासंगै। ‘एई केटा हो! केको हल्ला हो त्यहाँ?’ कालोपाटीमा आठको पहाडा...

Wednesday, April 4, 2018

भूमिपुत्र

10:33 PM 7
भूमिपुत्र
हरेकपटक स्कुलमा लामो बिदा हुनेबित्तिकै हामी मावलको मेजमानी खान भद्रपुरबाट चार कोस पश्चिमको राजगढतिर लाग्थ्यौँ । बेलुकाको खाना खाइसकेपछि हामी भुराभुरी हजुरबाको वरिपरि झुम्मिन्थ्यौ । गर्मीका रात माथि बार्दलीमा जमघट हुन्थ्यो । हाम्रा हजुरबा टिनको छानामा कराइरहेको झरीलाई पनि जित्‍ने स्वर निकालेर हामीलाई कथा भनिदिनुहुन्थ्यो । उहाँको धाराप्रवाह कथावाचनलाई बेलामौकामा मच्छड मार्दाको प्याट्ट प्याट्टले मात्र अल्मल्याउँथ्यो । जाडोको छुट्टीका बेला भने केटाकेटीहरूको...
Page 1 of 61236Next